+
+
Shares

क्रिस्टियानो रोनाल्डो : फुटबल मैदानपछि अब पर्दामा देखिँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २६ गते १३:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्रिस्टियानो रोनाल्डोले आफ्नो पहिलो टिभी सिरिज ‘डे १एस’ निर्माण सुरु भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

पोर्चुगलका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले केही दिनअघि मात्रै राष्ट्रिय अन्तराष्ट्रिय खेलबाट सन्यास लिएका छन् । विश्वकै सर्वाधिक गोलकर्ता उनी अब पोर्चुगलको टोलीमा देखिने छैनन् ।

फुटबल मैदानमा आफ्नो उत्कृष्ट खेलबाट करोडौँ दर्शकको मन जितेका रोनाल्डो अब टेलिभिजनको दुनियाँमा पनि देखिने भएका छन् । उनले आफ्नो पहिलो टिभी सिरिज ‘डे १एस’ निर्माण गर्ने घोषणा गरेका छन्।

यो सिरिजमा फुटबलले पनि महत्त्वपूर्ण स्थान पाउनेछ। रोनाल्डोले सामाजिक सञ्जालमार्फत सिरिजको छायांकन सुरु भएको जानकारी दिएका छन्। उनले आफ्नो इन्स्टाग्राममा बेलायती निर्माता तथा निर्देशक म्याथ्यु भनसँगको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘खुसीको खबर ! मेरो पहिलो टिभी सिरिज ‘डे १एस’ को छायांकन सुरु भएको छ । यसबारे चाँडै थप जानकारी दिनेछु ।’

के छ ‘डे १एस’ को कथा ?

विभिन्न सञ्चारमाध्यमका रिपोर्टअनुसार यो सिरिज क्रिस्टियानो रोनाल्डो र म्याथ्यु भनले संयुक्त रूपमा निर्माण गरिरहेका छन् । सिरिजको कथामा फुटबलले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

यसमा स्टेनली डाल्टन नामका एक बेलायती एजेन्टको कथा देखाइनेछ । उक्त पात्रको भूमिका अभिनेता डेमियन लुइसले निर्वाह गर्नेछन् ।

फुटबलका चर्चित खेलाडी थिएरी हेनरी पनि सिरिजमा देखिन सक्ने बताइएको छ । यसका साथै रोनाल्डो र बेलायती र्‍यापर डेभ पनि सिरिजको हिस्सा हुनेछन् । डेभ सन् २०१९ मा सार्वजनिक भएको आफ्नो पहिलो एल्बम ‘साइकोड्रामा’ का लागि चर्चित छन्।

सिरिजको पहिलो एपिसोडमा बर्ना ब्वाय, जेम्स ब्लेक र सेन्ट्रल सी पनि देखिने बताइएको छ ।

यस सिरिजको छायांकन केही महिनादेखि लन्डनमा भइरहेको छ । तर, यसको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन।

फुटबल मैदानबाहिर टेलिभिजनको पर्दामा देखिन लागेका रोनाल्डोको अभिनय यात्रा कस्तो हुनेछ भन्ने चासो बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?