+
+
Shares

सन्दीप लामिछानेले लिए ह्याट्रिक सहित ६ विकेट

उनले पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २६ गते १३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका छन् ।
  • उनी यस सिजन एकै खेलमा ६ विकेट लिने पहिलो बलर बनेका छन् ।
  • सन्दीप एनपीएलमा ह्याट्रिक विकेट लिने चौथो खेलाडी बनेका छन् ।

२६ कात्तिक, काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा ह्याट्रिक विकेट लिएका छन्। उनले पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका हुन्।

उनी यस सिजन एकै खेलमा ६ विकेट लिने पहिलो बलर बनेका छन् । यसअघिका ५ खेलमा १ विकेट मात्र लिएका उनले आफ्नो छैटौं खेलमा ६ विकेट लिए ।

उनले १५औं ओभरको तेस्रो, चौथो र पाँचौ बलमा लगातार विकेट लिएका हुन् । सन्दीप एनपीएलमा ह्याट्रिक विकेट लिने चौथो खेलाडी बनेका छन् । यसअघि विराटनगरकै प्रतिश जिशी, काठमान्डु गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएका थिए ।

सन्दीपले ३ ओभरमा २३ रन खर्चेर ६ विकेट लिएपछि पोखराको मध्यक्रम ध्वस्त भएको छ ।  यसअघि शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले एकै खेलमा ६ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?