News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको माइक्रोबस दुर्घटनामा १० जनाको मृत्यु र ६ जना घाइते भएका छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीले मृतकको पहिचान, शव व्यवस्थापन, घाइतेको निःशुल्क उपचार र शोकसन्तप्त परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ।
- छठ मनाउन घर फर्किने क्रममा भएको दुर्घटनाले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर टोलका धेरै परिवार शोकमा डुबाएका छन्।
२६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका मृतकको मृतकहरूको पहिचान तथा शव व्यवस्थापनमा आवश्यक सहजीकरण गर्न आग्रह गरेको छ ।
रास्वपाका प्रवक्ता जगदीश खरेलले विज्ञिप्त जारी गरेर मृतकहरूको पहिचान तथा शव व्यवस्थापनमा आवश्यक सहजीकरण गर्न सरकार र सम्बन्धित पक्षसँग आग्रह गरेका हुन् ।
‘पार्टी दुर्घटनामा घाइते भएकाहरूको प्रभावकारी तथा निःशुल्क उपचारको व्यवस्था मिलाउन, मृतकहरूको पहिचान तथा शव व्यवस्थापनमा आवश्यक सहजीकरण गर्न र शोकसन्तप्त परिवारलाई तत्काल राहत तथा आवश्यक मानवीय सहयोग उपलब्ध गराउन सरकार तथा सम्बन्धित सबै पक्षसँग हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
रास्वपाले पीडित परिवारको अभिभावकत्व ग्रहण गर्दै आवश्यक राहत, सहयोग र सहजीकरणमा सरकार संवेदनशील र जिम्मेवार रूपमा प्रस्तुत हुने पनि उल्लेख छ ।
‘आगामी दिनमा यस्ता दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सरकारले प्रभावकारी तथा दीर्घकालीन कदम चाल्नेछ भन्नेमा पार्टी विश्वास व्यक्त गर्दछ,’ प्रवक्ता खरेलले भनेका छन् ।
भीमफेदीमा बिहीबार बिहान भएको माइक्रोबस दुर्घटनामा परी १० जनाको मृत्यु भएको थियो । ६ जना घाइते भएका छन् ।
छठ पर्व मनाउन घर फर्किने क्रममा भएको दुर्घटनाले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर टोलका धेरै परिवार तथा आफन्तलाई एकैपटक शोकमा डुबाएको छ ।
प्रतिक्रिया 4