+
+
Shares

वीरगञ्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २६ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वीरगञ्ज कारागारबाट बिहान पर्खाल नाघेर फरार भएका कैदी सुनिल साह तुरहा पाँच घण्टाभित्रै भारतको आदापुरबाट पक्राउ परेका छन्।
  • जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका पर्साको पोखरिया तुरहाका उनी ११ वर्षदेखि वीरगञ्ज कारागारमा कैद सजाय भोग्दै आएका थिए।

२६ कात्तिक, काठमाडौं । वीरगञ्ज कारागारबाट फरार भएका कैदी पक्राउ परेका छन् ।

आज बिहानै पर्खाल नाघेर फरार भएका कैदी सुनिल साह तुरहा पाँच घण्टाभित्रै भारतबाट पक्राउ परेका हुन् ।

विशेष प्रहरी टोलीले उनलाई भारतको आदापुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका पर्साको पोखरिया तुरहाका उनी विगत ११ वर्षदेखि वीरगञ्ज कारागारमा कैद सजाय भोग्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?