+
+
Shares

अजरवैजान र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते १४:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैदेशिक रोजगारीमा अजरवैजान र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई मंगलबार पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ का ५६ वर्षीय पुण्य प्रसाद निरौला र तारकेश्वर नगरपालिका–१० की २० वर्षीया श्रेया श्रेष्ठ रहेका छन्।
  • पुण्य प्रसादले १ जनाबाट ३२ लाख र श्रेयाले १ जनाबाट ३ लाख ४५ हजार लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

१९ कात्तिक, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरवैजान र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ बस्ने मोरङ घर भएका ५६ वर्षीय पुण्य प्रसाद निरौला र काठमाडौं तारकेश्वर नगरपालिका–१० बस्ने २० वर्षीया श्रेया श्रेष्ठ रहेका छन् ।

पक्राउ मध्ये पुण्य प्रसादले अजरवैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३२ लाख रूपैयाँ र श्रेयाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पुण्य प्रसादलाई काठमाडौं महानगरपालिका–२६ बाट र श्रेयालाई काठमाडौं तारकेश्वर नगरपालिका–१० बाट पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?