+
+
Shares

श्रीमतीको कुरुवा बसेका व्यक्ति जनकपुर प्रादेशिक अस्पताल परिसरमै मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २६ गते १७:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ का ४५ वर्षीय मैतु सदाको शव प्रादेशिक अस्पताल जनकपुरको परिसरमा फेला परेको छ।
  • श्रीमतीको कुरुवा बसेका सदा तीन दिनदेखि सम्पर्कविहीन थिए र खोजतलासका क्रममा शव अस्पतालको शव गृह नजिक भेटिएको प्रहरीले जनाएको छ।
  • मृतकका परिवारजनले हत्या भएको आशंका गर्दै अस्पतालअगाडि प्रदर्शन गरेका छन् र छानविन तथा अनुसन्धान माग गरेका छन्।

२६ कात्तिक, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरको परिसरभित्र एक जनाको शव फेला परेको छ । तीन दिनदेखि सम्पर्कविहीन धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ निवासी ४५ वर्षीय मैतु सदाको शव प्रादेशिक अस्पतालको शव गृह नजिक फेला परेको हो ।

उनी प्रादेशिक अस्पतालमा उपचाररत श्रीमतीको कुरुवा बसेका थिए । उपचारका क्रममा नियमित घर आउजाउ गर्ने गरेका थिए । पाँच दिनअघि घरबाट खाना लिएर अस्पताल आएका उनी तीन दिनदेखि सम्पर्कविहीन थिए ।

खोजतलासको क्रममा उनको शव अस्पताल परिसरमै आज दिउँसो फेला परेको धनुषा प्रहरीले जनाएको छ ।

शव भेटिएपछि मृतकका परिवारजनले हत्या भएको हुन सक्ने भन्दै अस्पताल अगाडि प्रदर्शन गरेका छन् । त्यस क्रममा केहीबेर तनाव समेत भएको छ ।

परिवारजन तथा स्थानीयले घटनाको सत्यतथ्य छानविन तथा अनुसन्धान गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?