+
+
Shares

छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते ११:०५

२७ कात्तिक, काठमाडौं । सुनसरी, मोरङ, सिन्धुली र तनहुँका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार सुनसरीको इनरूवा नगरपालिका-८ खोरिया टोलस्थित बाटोको नालामा पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी मोरङको केराबारी गाउँपालिका-२ फाइवा बस्ने ३१ वर्षीया पार्वती लिम्बु सोही ठाउँस्थित बारीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी सिन्धुलीको मरिण गाउँपालिका-२ मुङ्ग्रे दोभान बस्ने ६५ वर्षीय मानबहादुर माझी सोही ठाउँस्थित मरिण खोलाको किनारमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी तनहुँकझ व्यास नगरपालिका-१० दुम्सीकोट बस्ने ६७ वर्षीय मिनबहादुर थापा सोही ठाउँस्थित बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?