News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको भरतपुर–१६ फुर्तीचोकमा कारले ठक्कर दिँदा भरतपुर–१५ की ३० वर्षीया पार्वती भुजेलको उपचारका क्रममा मृत्यु भएको छ ।
- शुक्रबार बिहान ९ बजे बा.प्र.०१-०३४ च ९२२१ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिँदा अन्य दुई जना सामान्य घाइते भएका छन् ।
- प्रहरीले ३३ वर्षीय चालक मनोज पौडेललाई नियन्त्रणमा लिई दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ ।
२७ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
शुक्रबार बिहान ९ बजेको समयमा फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र.०१-०३४ च ९२२१ नम्बरको कारले पैदलयात्रीमा रहेका उनीहरूलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा भरतपुर महानगरपालिका–१५ की ३० वर्षीया पार्वती भुजेल गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएकोमा चिकित्सकले पौने १० बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनामा थप दुई जना पैदलयात्री सामान्य घाइते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचाररत रहेका छन् ।
भरतपुर महानगरपालिका–१६ फुर्तीचोक का ३३ वर्षीय कार चालक मनोज पौडेललाई नियन्त्रणमा लिई दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4