+
+
Shares

सरकारले कार्यशैली नसच्याए फेरि भदौ २४ भोग्नुपर्ने हुन्छ : सहमहामन्त्री शिवाकोटी

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारले लोकतान्त्रिक मूल्य, मान्यता र राज्यका संस्थामाथि हस्तक्षेप बढाएको आरोप लगाएका छन् ।
  • शिवाकोटीले सरकार लोकतान्त्रिक प्रक्रियाबाट आए पनि पछिल्ला गतिविधिले लोकतान्त्रिक संस्थाहरू कमजोर बनाइरहेको र रास्वपासँग समन्वयको अभाव देखिएको बताएका छन् ।
  • उनले सरकारको कार्यशैली नसच्याए गत भदौ २४ जस्तै सरकारको नेतृत्व गरेकाहरूले भाग्नुपर्ने परिस्थिति आउन सक्ने बताएका छन् ।

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले वर्तमान सरकारले लोकतान्त्रिक मूल्य, मान्यता र राज्यका संस्थाहरूमाथि हस्तक्षेप बढाउँदै लगेको आरोप लगाएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित एक साक्षात्कारमा उनले सरकार लोकतान्त्रिक प्रक्रियाबाट आए पनि उसका पछिल्ला गतिविधिले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने काम गरिरहेको बताएका हुन् ।

सहमहामन्त्री शिवाकोटीले सरकार र सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच समन्वयको अभाव देखिएको टिप्पणी पनि गरे ।

सरकार र पार्टीका तर्फबाट सार्वजनिक भइरहेका धारणा तथा स्पष्टीकरणमा समेत तालमेल नरहेको उनको भनाइ छ ।

सरकारका कामको गुण र दोषका आधारमा रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने कांग्रेसको नीति रहेको शिवाकोटीले स्पष्ट पारे ।

यद्यपि, सरकारले अहिलेको कार्यशैली नसच्याए गत भदौ २४ मा जस्तै सरकारको नेतृत्व गरेकाहरूले भाग्नुपर्ने परिस्थिति आउन सक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?