+
+
Shares

नेकपा नेता पौडेलको आरोप– सरकारले परिपक्वता देखाएन

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १७:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिष्ट पार्टीका नेता देवेन्द्र पौडेलले सरकार राष्ट्रिय मुद्दामा नागरिक समाज, पत्रकार, बौद्धिक समुदाय र दलसँग संवाद तथा सहकार्य गर्न इच्छुक नदेखिएको आरोप लगाएका छन्।
  • पौडेलले सरकार जनताका प्रश्नको जवाफ दिन तयार नदेखिएको र डेलिभरी दिन कमजोर देखिएको बताएका छन्।
  • उनले आलोचनामा गालीगलोज र विरोध गर्ने प्रवृत्ति बढेको भन्दै यसले असहिष्णुता बढाएको धारणा राखेका छन्।

२७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले राष्ट्रिय मुद्दाहरूमासँगै अगाडि बढ्ने पक्षमा सरकार नदेखिएको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा नेता पौडेलले देशमा रहेका नागरिक समाज, पत्रकार, बौद्धिक समुदाय, र राजनीतिक दलहरूसँग संवाद गर्ने, छलफल गर्ने, सहकार्य गर्ने तथा राष्ट्रिय मुद्दाहरूमा सँगै अगाडि बढ्ने पक्षमा सरकार नदेखिएको बताएका हुन् ।

सरकार जनताका प्रश्नहरूको जवाफ दिन तयार नदेखिएको समेत उनको भनाइ छ । सरकारको मुख्य काम डेलिभरी दिनु भए पनि त्यसमा सरकार कमजोर देखिएको उनले बताए ।

यसअघिका सरकारले विपक्षी दलहरूसँग सहकार्य गरेर अगाडि बढ्ने गरेको भए पनि वर्तमान सरकारमा त्यो परिपक्वता नदेखिएको समेत उनको भनाइ थियो ।

त्यस्तै, नेता पौडेलले आलोचनामा गालीगलोज र विरोध गर्ने प्रवृत्ति बढेको र यसले असहिष्णुता बढेको धारणा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?