+
+
Shares

लागूऔषध सहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १७:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले भारतीय नागरिक २५ वर्षीय सुबोध कुमारलाई ३ किलोग्राम गाँजासहित बिहीबार पक्राउ गरेको छ।
  • सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट प्रहरीले धरान उपमहानगरपालिका–१ का २५ वर्षीय अमर दर्जीलाई ५ ग्राम ३४० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित शुक्रबार पक्राउ गरेको छ।

२७ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ३ किलोग्राम सहित भारतीय नागरिक २५ वर्षीय सुबोध कुमारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरीले थाई एयरवेजबाट नेपाल आएका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

त्यस्तै, सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ४० मिलिग्राम सहित धरान उपमहानगरपालिका–१ बस्ने २५ वर्षीय अमर दर्जीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?