News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिँदा पछाडि सवार १४ वर्षीया भूमिका राईको मृत्यु भएको छ ।
- घटनामा खोटाङ घर भएका मोटरसाइकल चालक रोशन राई घाइते भएका छन् ।
- प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
२७ कात्तिक, भक्तपुर । बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँद उनको मृत्यु भएको हो ।
बसको ठक्करबाट मोटरसाइकलको पछाडि सवार १४ वर्षीया भूमिका राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए ।
खोटाङ घर भएका मोटसाइकल चालक रोशन राई भने घाइते भएका छन् । मोटरसाइकललाई ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4