+
+
Shares

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २८ गते ७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनपीएल क्रिकेटमा आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच दिउँसो साढे ४ बजे खेल हुँदैछ।
  • अंक तालिकाको दोस्रो स्थानमा रहेको लुम्बिनीले ६ खेलमा ४ जित, १ हार र १ रद्द खेलपछि बराबरी अंक पाएर शीर्ष स्थानमा उक्लने लक्ष्य राखेको छ।
  • पाँचौं स्थानको विराटनगरले ६ खेलमा ३ जित र ३ हार बेहोरेको छ र प्लेअफ सम्भावना बलियो बनाउन आजको खेल महत्वपूर्ण हुनेछ।

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको लुम्बिनी शीर्ष स्थानमा उक्लने लक्ष्यमा हुनेछ । प्लेअफमा स्थान सुरक्षित गरिसकेको लुम्बिनीले ६ खेल खेलेकोमा ४ मा जित र एकमा मात्र हार बेहोरेको छ भने एक खेल वर्षाका कारण रद्द हुँदा बराबरी अंक बाँडेको थियो । लुम्बिनीले कर्णाली याक्स, जनकपुर बोल्ट्स,पोखरा एभेन्जेर्स र सुदूरपश्चिम रोयल्सलाई हराएको थियो भने काठमान्डु गोर्खाजसँग पराजित भएको थियो । वर्षाका कारण चितवन राइनोजसँगको खेल भने रद्द हुँदा दुवै टिमले बराबरी अंक बाँडेको थियो ।

विराटनगर अंक तालिकाको पाँचौं स्थानमा छ । उसका लागि आजको खेल निकै महत्त्वपूर्ण हुनेछ । प्लेअफमा पुग्ने बलियो सम्भावनाका साथ विराटनगर मैदानमा उत्रने छ । उसले अहिलेसम्म ६ खेल खेलेकोमा तीनमा जित र तीनमा हार बेहोरेको थियो । विराटनगरले पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो । काठमान्डु गोर्खाज,चितवन राइनोज र कर्णाली याक्ससँग भने विराटनगर पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?