+
+
Shares

अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २८ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अछामको ढकारी गाउँपालिका–१ बासल्लाका ३२ वर्षीय बिर्खे बुढाको भिरबाट लडेर जिल्ला अस्पताल मङ्गलसेनमा उपचारका क्रममा मृत्यु भएको छ ।
  • स्थानीय सालटोक्टा बजारबाट घर फर्कने क्रममा बुढा १५० मिटर तल खसेका थिए भने ३१ वर्षीय गणेश बुढा घाइते भएका थिए ।
  • जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी सहायक निरीक्षक हरीदत्त भट्टको कमाण्डमा तीन जनाको टोली खटिएर दुवै जनाको उद्धार गरेको थियो ।

२८ कात्तिक, अछाम । अछाममा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ ।

जिल्लाको ढकारी गाउँपालिका–१ स्थित बासल्ला निवासी ३२ वर्षीय बिर्खे बुढाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय सालटोक्टा बजारबाट घर फर्कने क्रममा गएराति बुढा बासाल्ला नजिकैको भिरबाट लडेर १५० मिटर तल खसेका थिए । बुढासँगै आएका सोही ठाउँका ३१ वर्षीय गणेश बुढा पनि भिरबाट खसेर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक पविन्द्रबहादुर बम्मले जानकारी दिए ।

उनका अनुसार भिरबाट लडेर दुई जना घाइते भएका भन्ने खबर पाउनासाथ तत्काल प्रहरीचौकी ढकारीबाट प्रहरी सहायक निरीक्षक हरीदत्त भट्टको कमाण्डमा तीन जनाको टोली खटिएर उद्धार गरिएको थियो ।

घाइते दुवै जनाको स्थानीय स्वास्थ्य चौकी ढकारीमा सामान्य उपचारपश्चात गणेश डिस्चार्ज भएका बताउँदै बिर्खेलाई थप उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन पठाएइकामा उपचारका क्रममा आज उहाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बम्मले जानकारी दिए ।

बिर्खेको, अनुहार, छाती र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको थियो । मृतकको शव जिल्ला अस्पतालमा राखिएको उनले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?