News Summary
Generated by OK AI. Editorially reviewed.- कोप–३१ मा नेपालका पाँच जना सांसद् सहभागी हुन टर्कीए जाँदैछन्।
- संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा हिमाल तथा हिमनदी संरक्षण, जलवायु न्याय र अनुदानमा आधारित जलवायु वित्तका सवाल उठाइएका छन्।
- सभापति अशोक कुमार चौधरीले सम्मेलनमा जलवायु चुनौती, संसदीय सहकार्य र अन्तर्राष्ट्रिय प्रतिबद्धताबारे सहभागिता जनाउनेछन्।
२८ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालका पाँच जना सांसद् सहभागी हुँदैछन् ।
संघीय संसद्, प्रतिनिधि सभाअन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोक कुमार चौधरीसहित पाँच जना सांसद् टर्कीए जान लागेका हुन् ।
यही कात्तिक २३ देखि टर्कीको अन्ताल्यामा आयोजना भएको सम्मेलन मंसिर ४ गतेसम्म चल्नेछ ।
कोप ३१ मा जलवायु परिवर्तनका असर न्यूनीकरण, अनुकूलन, जलवायु वित्त, हानि तथा क्षति र स्वच्छ ऊर्जा संक्रमण लगायतका विश्वव्यापी मुद्दामा छलफल भइरहेको छ ।
सम्मेलनमा नेपालको तर्फबाट हिमाल तथा हिमनदीको संरक्षण, जलवायु न्याय, अनुदानमा आधारित जलवायु वित्त र जलवायुजन्य विपद् जोखिम न्यूनीकरणका सवाललाई प्राथमिकताका साथ उठाइएको छ ।
सभापति चौधरीले सम्मेलनका क्रममा जलवायु परिवर्तनका चुनौती, संसदीय सहकार्य, क्षेत्रीय साझेदारी तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई प्रभावकारी नीतिगत कार्यान्वयनमा रूपान्तरण गर्ने विषयमा सहभागिता जनाउनेछन् ।
सभामुखस्तरीय निर्णयबाट कोप ३१ मा सहभागी सांसदहरूमा चौधरीसहित आशिष गजुरेल, राम लामा, अर्जुन कुमार कार्की र कमल सुवेदी रहेका छन् ।
संघीय संसद् सचिवालयलाई आर्थिक भार नपर्ने गरी टर्कीए जान लागेको सभापति चौधरीले बताएका छन् ।
प्रतिक्रिया 4