+
+
Shares

कैलालीमा जुवातास खेलेको आरोपमा १० जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते ७:२५
फाइल तस्वीर

२९ कात्तिक, धनगढी । कैलालीमा प्रहरीले जुवातास खेलेको आरोपमा १० जना पक्राउ परेका छन् ।

घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित सैनिक होटलमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका ४७ वर्षीय नमराज विष्टसहितका १० जना रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट ६० हजार १७५ रुपैयाँ नगद र एक बुक तास बरामद गरेको जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?