News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरा एभेन्जर्सका कुशल भुर्तेलले आइतबार काठमान्डु गोर्खाजविरुद्ध टीयू मैदानमा २७ बलमा ५१ रनको अर्धशतक बनाए।
- भुर्तेलले ५ चौका र ४ छक्का प्रहार गर्दै यो सिजनको दोस्रो अर्धशतक पूरा गरे।
- यही खेलमा काठमान्डु गोर्खाजका युवराज सम्राले पनि अर्धशतक बनाएर खेलिरहेका थिए।
२९ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सका कुशल भुर्तेलले नेपाल प्रिमियर लिग(एनपीएल) मा आइतबार काठमान्डु गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
टीयू मैदानमा भइरहेको खेलमा भुर्तेलले २७ बल खेल्दै ५ चौका र ४ छक्का मदतमा ५१ रन बनाएका हुन् ।
यस सिजन उनको यो दोस्रो अर्धशतक हो। यसअघि उनले कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए। ओपनर युवराज सम्राले पनि यही खेलमा अर्धशतक बनाएर खेलिरहेका छन्।
प्रतिक्रिया 4