१ भदौ, काठमाडौं । भाटभटेनी सुपरस्टोरको टंगाल शाखा आजदेखि चौबिसै घण्टा खुला भएकाे छ ।
ग्राहकहरूले रातिको समयमा पनि किनमेल गर्न सकुन् भन्ने उद्देश्यले टंगाल शाखा चौबिसै घण्टा खुला गरिएकाे भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले जानकारी दिए ।
भक्तपुरको राधेराधेबाट भाटभटेनीको चौबिसघण्टे सेवा सुरु भएको थियो ।
४२ वर्षअघि व्यवसायी मिनबहादुर गुरुङले काठमाडौं टंगालबाट सुरु गरेको भाटभटेनी सुपरस्टोरका हाल देशभरि २७ वटा स्टोर सञ्चालनमा छन् । भाटभटेनीले वार्षिक ३२ अर्ब रुपैयाँ बराबर आम्दानी गर्दै आएको छ भने सबै स्टोरमा गरी २२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

२३ र २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनका बेला भाटभटेनीका १२ स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । जसबाट कम्पनीलाई अर्बौं रुपैयाँ बराबर क्षति भएको थियो ।
त्यति ठूलो क्षति हुँदाहुँदै पनि भाटभटेनीले एक जनाको पनि रोजगारी नखोसी पुन: लगानी गरेर लगभग सबै स्टोर सञ्चालनमा ल्याइसकेको जनाएको छ ।
टंगालस्थित भाटभटेनी सुपरस्टोर पनि जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।

मर्मत तथा पुनर्निर्माण सम्पन्न गरी गत असोज ५ गतेदेखि टंगाल शाखा ग्राहकहरूका लागि औपचारिक रूपमा खुला गरिएको थियो ।
टंगालको सोही भाटभटेनी सुपरमार्केट आजदेखि चौबिसै घण्टा खुला गरिएकाले ग्राहकहरूले आफ्नो अनुकूल समयमा किनमेल गर्न सक्नेछन् ।
प्रतिक्रिया 4