+
+
Shares

राष्ट्रिय कर दिवस : १९ विधामा करदाता सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते १०:२४

१ मंसिर, काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाताहरुलाई सम्मान गरेका हुन् ।

सरकारले यस वर्ष भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ । प्रतिकूल परिस्थितिमा समेत व्यवसायलाई निरन्तरता दिँदै राजस्वमा योगदान पु¥याउनुका साथै रोजगारी सिर्जनामा भूमिका खेलेको भन्दै भाटभटेनीलाई विशेष सम्मान प्रदान गरिएको हो ।

२३ र २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनका बेला भाटभटेनीका १२ स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । जसबाट कम्पनीलाई अर्बौं रुपैयाँ बराबर क्षति भएको थियो । ठूलो क्षति हुँदाहुँदै पनि भाटभटेनीले एक जनाको पनि रोजगारी नखोसी पुनः लगानी गरेर लगभग सबै स्टोर सञ्चालनमा ल्याइसकेको जनाएको छ ।

व्यक्तिगततर्फ राजबहादुर शाह र संस्थागततर्फ सूर्य नेपाल प्रालि सम्मानित

राष्ट्रिय कर दिवसका अवसरमा व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन् ।

त्यस्तै, संस्थागततर्फ सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ ।

हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउने गरिन्छ । कर दिवसका अवसरमा सरकारले विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?