+
+
Shares

जय नेपाल पार्टीद्वारा स्थानीय तहमा उम्मेदवार हुन इच्छुकलाई आवेदनको आह्वान

केन्द्रीय समितिको बैठकले स्थानीय तहमा सम्भावित उम्मेदवारहरूको नामावली सबै जिल्लाबाट संकलन गर्ने पनि निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते १२:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जय नेपाल पार्टीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न इच्छुकलाई पार्टीमा सम्पर्क गर्न आह्वान गरेको छ ।
  • केन्द्रीय समितिको बैठकले सबै जिल्लाबाट सम्भावित उम्मेदवारको नामावली संकलन गर्ने र १५ दिनभित्र प्रतिवेदन बुझाउने निर्णय गरेको छ ।
  • पार्टीले संविधान संशोधनका ८ बुँदे संकल्प जनतामाझ लैजाने, जिल्ला समिति गठन प्रक्रिया अघि बढाउने र नयाँ पदाधिकारी मनोनित गर्ने निर्णय गरेको छ ।

१ मंसिर, काठमाडौं । डा.धवलशमशेर राणाको नेतृत्वमा रहेको जय नेपाल पार्टीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न इच्छुकलाई पार्टीमा सम्पर्क गर्न आह्वान गरेको छ ।

केन्द्रीय समितिको बैठकले स्थानीय तहमा सम्भावित उम्मेदवारहरूको नामावली सबै जिल्लाबाट संकलन गर्ने पनि निर्णय गरेको छ ।

संविधान संशोधनका लागि पार्टीले सार्वजनिक गरेको ८ बुँदे संकल्पहरूलाई जनतामाझ लाने निर्णय जय नेपाल पार्टीले गरेको छ । बैठकले जिल्ला समिति गठन प्रक्रियालाई सुचारु गर्ने, गठन हुन बाँकी रहेका जिल्लाहरूमा गठन प्रक्रिया तीव्र रूपमा अघि बढाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय सदस्य थप गर्ने निर्णय समेत गरिएको छ । केन्द्रीय सदस्यमा नरेशकुमार राई (मोरङ), केशव पाण्डे (उदयपुर) र युवराजा राना (गुल्मी) मनोनित गरिएको छ ।

सम्मानित सल्लाहकार समितिमा देवेन्द्र पौडेल (बाँके), टीका उप्रेती (मोरङ), राजकुमार कार्की (मोरङ) र कमल राज विष्ट (चितवन) लाई मनोनीत गरिएको छ । कोशी इन्चार्जमा सुरेश प्रसाद आचार्य र संयोजकमा नरेशकुमार राईलाई मनोनीत गरिएको छ ।

स्थानीय तहका उम्मेदवार गैरदलीय बनाउने विषयमा जनस्तरका राय संकलन गर्ने निर्णय गरिएको छ ।

१५ दिनभित्र प्रतिवेदन प्रस्तुत गर्न प्रदेश तहका इन्चार्ज र संयोजकहरूलाई जिम्मेवारी प्रदान गरिएको सचिवालय प्रमुख सगुन लावतीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?