+
+
Shares

२१ किलो सुन तस्करी प्रकरण : सम्पत्ति र संगठितमा पनि अनुसन्धान अघि बढाइँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते १५:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २१ किलो ७५०.६८ ग्राम सुनसहित पक्राउ तीन चिनियाँ नागरिकविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धान अघि बढाएको छ।
  • डीएसपीको नेतृत्वमा गठन भएको टोलीले बूढानीलकण्ठको माथिल्लो भंगालबाट पक्राउ परेका हान फिई, चोउ लङसिन र वाङ जियान्जेनमाथि थप अनुसन्धान गर्नेछ।
  • तीनै जना पुर्पक्षका लागि कारागार चलान भएका छन्, र प्रहरीले सिंगो घर भाडामा लिएर सुनको कारखाना चलाएको खुलेको जनाएको छ।

१ मंसिर, काठमाडौं । साढे २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिकमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान अघि बढ्ने भएको छ ।

संगठित अपराध र सम्पत्ति सम्बन्धी कसुरको अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एउटा टिम नै गठन गरेको छ ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार डीएसपीको नेतृत्वमा एउटा टिम नै गठन गरेर संगठित अपराध र सम्पत्ति सम्बन्धी कसुरमा थप अनुसन्धान गर्न लागिएको हो ।

यसका साथै पक्राउ परेका तीनै चिनियाँ नागरिकहरू पुर्पक्षका लागि कारागार चलान भएका छन् । सुनसँगै बूढानीलकण्ठबाट पक्राउ परेका चीनको जियाङ्सु ग्वाङ्डोङका २७ वर्षीय हान फिई, सोही ठाउँका ४७ वर्षीय चोउ लङसिन र सोही ठाउँका ३७ वर्षीय वाङ जियान्जेन कारागार चलान भएका हुन् ।

तीनै जनालाई पुर्पक्षका लागि कारागार चलानको आदेश आएपछि कारागार पठाइएको एसएसपी सन्तोष खड्काले बताए ।

२२ असोजमा एसएसपी खड्काकै टोलीले बूढानीलकण्ठको माथिल्लो भंगालबाट २१ किलो ७५०.६८ ग्राम सुनसहित उनीहरुलाई पक्राउ गरेको थियो ।

बरामद भएको दिनको बजार मूल्यअनुसार उक्त सुनको मूल्य ५४ करोड ६० लाख, ७ हजार ३२० रुपैयाँ हुन आउँछ ।

माथिल्लो भंगालस्थित एक घरबाट प्रहरीले सुनका टुक्रा, बिस्कुट आकारका ढिक्का, लेसिलो अवस्थाको सुन, लेसिलो अवस्थाका सुनहरू बरामद भएका हुन् ।

चिनियाँ समूहले सिंगो घर नै भाडामा लिएर सुनको कारखाना चलाएको खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?