+
+
Shares

नेपाल राष्ट्र बैंकले माग्यो ६१ कर्मचारी, अधिकृतदेखि सहायकसम्म अवसर

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते ७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले सहायक निर्देशकदेखि सहायकसम्मका ६१ पदमा खुला परीक्षाबाट कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको छ।
  • बैंकले अधिकृत तृतीय श्रेणीको सहायक निर्देशकतर्फ २६, लेखा/लेखापरीक्षणतर्फ ३, वाणिज्य कानुनतर्फ २ र सूचना प्रविधितर्फ ४ जना माग गरेको छ।
  • सहायक द्वितीय श्रेणीको सहायक पदमा २६ जना माग गरिएको छ र दरखास्त दिने अन्तिम मिति २०८३ मंसिर १७ गते तोकिएको छ।

२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले ६१ जना कर्मचारी भर्ना गर्नका लागि लागि विज्ञापन खुलाएको छ ।

सहायक निर्देशकदेखि सहायकसम्मका पदमा खुला परीक्षाबाट पदपूर्ति गर्न राष्ट्र बैंकले विज्ञापन खुलाएको हो ।

राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले आज सार्वजनिक गरेको सूचना अनुसार अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक पदमा २६ जना माग गरिएको छ ।

यसैगरी लेखा/लेखापरीक्षणतर्फ अधिकृत तृतीय श्रेणीकै सहायक निर्देशक पदमा ३ जना, वाणिज्य कानुनतर्फको सहायक निर्देशक पद (अधिकृत तृतीय श्रेणी)मा २ जना र सूचना प्रविधितर्फको सहायक निर्देशक पद (अधिकृत तृतीय श्रेणी) मा चार जना कर्मचारी माग गरिएको छ ।

त्यस्तै, सहायक द्वितीय श्रेणी अन्तर्गतको सहायक पदमा २६ जना कर्मचारी माग गरिएको छ । यी पदमा खुला तथा समावेशी समूहबाट पदपूर्ति गरिने बैंकले जनाएको छ ।

दरखास्त दिने अन्तिम मिति २०८३ मंसिर १७ गते तोकिएको छ । उक्त मितिसम्म दरखास्त दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तुर तिरी मंसिर २४ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले नेपाल राष्ट्र बैंकको वेबसाइट www.nrb.org.np को Career अन्तर्गत Online Portal for Open Competition वा www.jobs.nrb.org.np मा गई अनलाइनमार्फत आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?