१ मंसिर, रौतहट । रौतहटको गौर नगरपालिका–१ स्थित कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएम गोलीजस्तो देखिने २७ थान गोली बरामद गरिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेड क्वाटर गौर र भन्सार सुरक्षा गार्ड गौरबाट खटिएको संयुक्त गस्ती टोलीले सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा मंगलबार उक्त गोली फेला पारेको हो।
गस्ती टोलीले कानुपट्टी सीमा क्षेत्रमा बेवारिसे अवस्थामा रहेको सेतो प्लास्टिकको झोलाभित्र ९ मिमि राउन्ड जस्तो देखिने २७ थान गोली फेला पारेको जनाएको छ ।
बरामद गरिएका गोली कसले, कुन प्रयोजनका लागि र कसरी उक्त स्थानमा छाडेको भन्ने विषयमा थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने छ ।
प्रतिक्रिया 4