News Summary
Generated by OK AI. Editorially reviewed.- राजश्व अनुसन्धान विभागको मुद्दामा उच्च अदालत पाटनले ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र २ वर्ष कैद सुनाएका गुलसन श्रीवास्तव पक्राउ परेका छन् ।
- रौतहटको गरुडा नगरपालिका–१ का ३३ वर्षीय श्रीवास्तवलाई सीआईबीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा पक्राउ गरेको हो ।
- नक्कली मूल्य अभिवृद्धि कर विजक जारी गरी कारोबार गरेको कसुरमा उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर कारागार पठाइएको छ ।
२ मंसिर, काठमाडौं । ५३ करोड जरिवाना सुनाइएका व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–१ का ३३ वर्षीय गुलसन श्रीवास्तव छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।
राजश्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर विजक जारी गरी कारोबार गरेको कसुरमा मुद्दा चलाएको थियो । २४ वैशाख २०८१ मा उक्त मुद्दामा उच्च अदालत पाटनले फैसला गर्दै ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र २ वर्ष कैदको सजाय सुनाएको थियो ।
फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर कारागार पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4