+
+
Shares

भीमफेदीमा जिप दुर्घटना हुँदा १० जना घाइते, दुईको अवस्था अचेत

मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज बिहान जिप दुर्घटना भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था अचेत रहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते ९:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसे बजार नजिक हेटौंडाबाट काठमाडौं जाँदै गरेको जिप त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
  • घाइतेमध्ये २ जनाको अवस्था अचेत रहेको प्रहरीले जनाएको छ।
  • दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी हेटौंडा अस्पताल लगिएको छ।

३ मंसिर, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज बिहान जिप दुर्घटना भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था अचेत रहेको छ ।

हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको जिप त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।

घाइतेलाई उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको डिएसपी काफ्लेले बताए ।

यसअघि २६ कात्तिकमा भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?