+
+
Shares

भीमफेदी जिप दुर्घटना अपडेट : तीन जनाको मृत्यु

मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेका छन् । मृतकको पहिचान भने खुलेको छैन । दुर्घटनामा ७ जना घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १०:०७

३ मंसिर, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज बिहान भएको जिप दुर्घटनामा परी घाइते भएका मध्ये ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएकोमा अस्पतालले तीन जनाको मृत्यु भएको बताएको छ ।

हेटौंडा अस्पतालका चिकित्सकले तीन जनालाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए । मृत्यु हुनेमा २ महिला र १ पुरूष रहेका छन् । मृतकको पहिचान भने खुलेको छैन । दुर्घटनामा ७ जना घाइते भएका छन् । अस्पतालमा उपचाररत उनीहरूको अवस्था मध्यम रहेको डीएसपी काफ्लेले बताए ।

हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो आज बिहान साढे ८ बजेको समयमा त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको डीएसपी काफ्लेले बताए ।

यसअघि २६ कात्तिकमा भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?