News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाबाट यस वर्ष १ हजार ४७७ मेट्रिक टन स्याउ देशका विभिन्न शहरमा निकासी भएको छ।
- कृषि विकास कार्यालय हुम्लाका प्रमुख चुडामणि पन्तले ९० प्रतिशत स्याउ बजारमा निकासी भएको बताए।
- ६० रुपैयाँ प्रतिकेजीका दरले स्याउ बिक्रीबाट ७ करोड ३८ लाख ८ सय रुपैयाँ बराबरको कारोबार भएको छ।
३ मंसिर, हुम्ला । हुम्लाबाट यस वर्ष सवा ७ करोडभन्दा बढीको स्याउ निकासी भएको छ। स्याउ हुम्लाबाट निकासी हुने प्रमुख कृषि उपज हो । कृषि विकास कार्यालय हुम्लाले यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजारमा निकासी भएको जनाएको छ ।
कृषि विकास कार्यालय हुम्लाका प्रमुख चुडामणि पन्तले जिल्लाभरबाट १ हजार ४७७ मेट्रिक् टन देशका विभिन्न शहरमा निकासी भएको बताए ।
हुम्ला जिल्लामा उत्पादन भएको अधिकांश स्याउ बुटवल, काठमाडौँ, नेपालगञ्ज, सुर्खेत लगायतका शहरमा बिक्री भएको हो ।
प्रतिकेजी स्याउको ६० रुपैयाँका दरले ७ करोड, ३८ लाख ८ सय बराबरको स्याउ बिक्री भएको पन्तको भनाइ छ।
यहाँ २ हजार ८२० हेक्टर क्षेत्रफल स्याउ खेती लगाइएको मध्ये ६९० हेक्टरमा स्याउ उत्पादन भइरहेको छ।
प्रतिक्रिया 4