+
+
Shares

आज काठमाडौं विश्वको तेस्रो प्रदूषित शहरको सूचीमा छ, यो राम्रो समाचार होइन : डंगोल

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उपत्यकाको बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि कार्ययोजना बनिरहेको बताएकी छिन् ।
  • मंसिर ७ गतेदेखि १३ गतेसम्म हुने ‘काठमाडौँ जलवायु कार्य सप्ताह’मा उक्त कार्ययोजना सार्वजनिक गरिने उनले बताइन् ।
  • डंगोलले प्रदूषण नियन्त्रणका लागि छिमेकी स्थानीय तह, प्रदेश र संघ सरकारसँग समन्वय र सहकार्य गरिने उल्लेख गरिन् ।

३ मंसिर, काठमाडौं । काठमाडौं महानरगपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदुषण नियन्त्रणका लागि गृहकार्य भइरहेको बताएकी छिन् ।

बिहीबार राजधानीमा जलवायु कार्य सप्ताहबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जाडोयाम बढेसँगै काठमाडौं उपत्यकामा वायु प्रदुषण समेत बढ्दै जाने उल्लेख गर्दै यसको नियन्त्रणको कार्ययोजना निर्माणको गृहकार्य भइरहेको बताइन् ।

‘हरेक दिन सातै दिन सातवटा फरक फरक थिममा हामीले काम गर्दैछौं । जलवायु परिवर्तनका विभिन्न आयाम तथा पक्षहरूसँगै जोडेर हेर्न जरूरी छ । र ती पक्षहरूलाई समग्र रूपमा हामीले सातवटा डिफरेन्ट क्लस्टर, डिफरेन्ट क्याटेगरी, डिफरेन्ट डेज गरेर हामीले जलवायु कार्य गर्न लागेका हौं । यसमा हामीले जतिसक्दो धेरै सरोकारवाला निकायहरूलाई एकै ठाउँमा ल्याएर विमर्श गर्छौं,’ उनले भनिन् ।

उक्त कार्ययोजना यही मंसिर ७ गतेदेखि शुरु हुने जलवायु कार्य सप्ताहमा सार्वजनिक गरिने उनले बताइन् । बिहीबार काठमाडौं विश्वकै तेस्रो धेरै वायु प्रदुषित शहरको सूचीमा रहेको उल्लेख गर्दै उनले यस्तो अवस्था मानव स्वास्थ्यका लागि चिन्ताजनक विषय भएको बताइन् ।

‘हामीले जलवायु परिवर्तनका क्षेत्रमा तत्काल गर्न सक्ने कामहरू के के हुन् ? र ती कामहरू कसरी गर्ने भनेर निष्कर्ष निकाल्छौँ । प्राइभेट सेक्टर, पब्लिक सेक्टर, नागरिक समाज वैज्ञानिक, कृषक सबैजना एकै ठाउँमा बसेर हामीले यो सप्ताहव्यापी रूपमा कार्यक्रमहरू गर्दैछौँ । काठमाडौं महानगरपालिकाले पनि केही जलवायुसँग सम्बन्धित इनिसिएटिभ्सहरूको थालनी गर्दैछौं,’ उनले भनिन् ।

साथै, उनले काठमाडौं उपत्याको वायु प्रदुषण नियन्त्रणका लागि छिमेकी स्थानीय तहहरू, प्रदेश र संघ सरकारसँगको समन्वय र सहकार्य गरिने बताइन् ।

साथै, उनले जलवायु परिवर्तन न्युनिकरण तथा अनुकूलनका उपायबारे सरोकारवालाहरूसँग छलफल गरेर निचोड निकाल्न जलवायु कार्य सप्ताहको आयोजना गर्न लागिएको जानकारी दिइन् । जलवायु परिवर्तनका क्षेत्रमा तत्काल गर्न सकिने काम पहिचान गरी कार्यान्वयनका उपाय तय गर्न उक्त सप्ताह महत्वपूर्ण हुने डंगोलको भनाइ छ । उनले ‘रिचार्ज काठमाडौं’ अभियान पनि सँगसँगै अघि बढाइने बताइन् ।

‘हामीले एयर पोल्युसनको आजै मात्र पनि कुरा गर्ने हो भने पोल्युटेड सिटीजहरू एयर पोल्युसनबाट सबैभन्दा प्रभावित, नकारात्मक प्रभाव परेको पोल्युटेड सिटीजहरूमा हिजो पाँचौँ नम्बरमा, आज तेस्रो नम्बरमा पुगेको छ । यो हाम्रो लागि सुखद समाचार होइन । जाडो महिना बढ्न थालेपछि चिसोसँगसँगै एयर पोल्युसनको कुरा पनि सँगै आउने गर्दछ,’ उनले भनिन्, ‘यी कुराहरूलाई पनि सम्बोधन गर्ने गरी महानगरपालिकाले एयर पोल्युसन एड्रेस गर्ने गरी एक्सन प्लान पनि हामीले यही बेलामा नै सार्वजनिक गर्नेछौं । जसमा हामीले काठमाडौँ महानगरपालिकाले गर्ने प्रयासहरू, महानगरपालिकाले संस्थागत रूपमा गर्छ र सँगसँगै अरू पालिकाहरूसँग मिलेर, प्रदेश र संघ सरकारसँग मिलेर गर्नुपर्ने कामको योजना समेत सार्वजनिक गर्छौं ।’

जलवायु परिवर्तनका स्थानीय असर घटाउन तथा अनुकूलनका लागि स्थानीय तहमा सामूहिक प्रयास, सहकार्यको थालानी गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाको आयोजनामा मंसिर ७ गतेदेखि १३ गतेसम्म ‘काठमाडौँ जलवायु कार्य सप्ताह आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?