News Summary
Generated by OK AI. Editorially reviewed.- महोत्तरीको गौशाला नगरपालिका–१ सानो कुशमाडीको उखुबारीमा ६५ वर्षीया विणामाया पुलामीको शव फेला परेको छ।
- घाँस काट्न बिहिबार गएकी विणामाया शुक्रबार बिहान मृत फेला परेकी हुन्।
- प्रहरीले शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गर्दै अनुसन्धान थालेको छ।
४ मंसिर, काठमाडौं । महोत्तरीमा एक महिलाको शव फेला परेको छ ।
शुक्रबार बिहान गौशाला नगरपालिका–१ सानो कुशमाडीस्थित उखुबारीमा स्थानीय ६५ वर्षीया विणामाया पुलामीको शव फेला परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मधुसुदन विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार, बिहिबार घाँस काट्न निस्केकी विणामाया शुक्रबार बिहान मृत फेला परेका हुन् । शवको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
‘गम्छाले घाँटी कसेको जस्तो देखिन्छ । सुक्ष्म अनुसन्धान थालेका छौं,’ प्रहरी निरीक्षक विश्वकर्माले भने ।
उनका अनुसार, घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर घटनास्थलमा परिचालन गरिएको छ ।
‘प्रहरीको तालिम प्राप्त कुकुर पनि घटनास्थलमा परिचालन गरिएको छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4