+
+
Shares

मंसिर लागेयता २४ हजार ६ सय घट्यो सुनको भाउ, आज कति ?

आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँ घटेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते १३:१७

६ मंसिर, काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँ घटेको हो ।

आज सुन तोलामा २ लाख ४२ हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार भने सुन प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी आइतबार चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँ घटेको छ ।

शुक्रबार प्रतितोला ३ हजार १ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

मंसिर लागेयता हालसम्म सुन तोलामा २४ हजार ६ सय रुपैयाँ घटिसकेको छ । मंसिर १ मा तोलाको २ लाख ६७ हजार २ सय थियो । आज २ लाख ४२ हजार ६ सय रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?