+
+
Shares

ओखलढुंगामा चम्पादेवी दर्शन गर्न जाँदै गरेको जिप दुर्घटना, ९ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते ११:०६

७ मंसिर, काठमाडौं । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ खनेखर्कमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार निशंखे–ओखलढुंगा भित्री कच्ची सडकखण्डमा आज बिहान सवा ७ बजे निशंखेबाट सिद्धिचरण नगरपालिका–८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १–०७–००१ ज ०००५ नम्बरको जिप सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको हो ।

घाइते हुनेमा सिद्धिचरण नगरपालिका–२ का ३४ वर्षीय सरोज आचार्य, सोही ठाउँ बस्ने २४ वर्षीया मिरा सार्की, उनका १ वर्षीय छोरा रोयन मंग्राती, २९ वर्षीय सबिन आचार्य, ७ वर्षीय आयुश मंग्राती,७ वर्षीय प्रशान्त रम्तेल, २९ वर्षीया रमिला नेपाली, रमिलाका ६ वर्षीय छोरा प्रबिन मंग्राती र ३२ वर्षीया मिना मंग्राती रहेका छन् ।

दुर्घटनाका घाइतेहरूको उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल ओखलढुंगा पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका सम्बन्धमा भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?