७ मंसिर, नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध साझा इतिहास, आस्था, संस्कृति र जनस्तरको गहिरो सम्बन्धमा आधारित रहेको बताएका छन् ।
नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा मोदीले नेपाल र भारतबीचको सम्बन्धलाई साझा सभ्यतासँग जोड्दै भगवान् राम र माता सीता दुवै देशको साझा सभ्यता र आस्थाका प्रतीक रहेको बताएका हुन् ।
‘भारत–नेपाल सम्बन्ध साझा इतिहास, आस्था, संस्कृति र जनस्तरको गहिरो सम्बन्धले जोडिएको छ,’ मोदीले भनेका छन्, ‘भगवान् राम र माता सीता हाम्रो साझा सभ्यता र आस्थाका प्रतीक हुन् ।’
सो क्रममा मोदीले प्रधानमन्त्री शाहको प्रशंसा गरे । उनले भारत सधैं सशक्त र समृद्ध नेपाल विकास यात्रामा सहभागी हुँदै आएको र अझै पनि सँगै अघि बढ्ने बताए ।
‘भारत एक सशक्त र समृद्ध विकास यात्रामा सधैं सहभागी हुँदै आएको छ । आफ्नो सम्बन्धको नयाँ उचाइका साथ अघि बढाउन महत्त्वपूर्ण निर्णय लिएका छौं,’ मोदीले भनेका छन् ।
प्रतिक्रिया 4