+
+
Shares

लेखा समिति बैठकका एजेन्डा : सुनकोशी–मरिण र विद्युत् प्राधिकरणको डिजिटल प्रणाली

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते १०:०८

८ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठक बसिरहेको छ ।

बैठकमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना र नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल तथा स्काडा प्रणाली विस्तारबारे छलफल भइरहेको छ ।

समितिको बैठकमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे छलफल हुने पहिलो कार्यसूची छ । त्यस्तै, नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तारसम्बन्धी समितिमा प्राप्त उजुरीमाथि छलफल गर्ने दोस्रो कार्यसूची पनि तय गरिएको छ ।

बैठकमा अन्य विविध विषयमा समेत छलफल हुने समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?