+
+
Shares

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

नागरिकता सम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको बेलामा विधि प्रक्रिया भन्दा बाहिर रहेर नियुक्ति गरिएको भन्दै अभियानले प्रश्न उठाउँदै आएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते १२:५५

८ मंसिर, काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा नियुक्त भएकी आनि छोइङ डोल्माको नियुक्ति गैरकानुनी, विधि र प्रक्रियाविपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

राष्ट्रिय जेनजी नागरिक अभियानका अभियान्ताहरू सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।

नागरिकता सम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको बेलामा विधि प्रक्रिया भन्दा बाहिर रहेर नियुक्ति गरिएको भन्दै अभियानले प्रश्न उठाउँदै आएको थियो ।

साथै, पटक–पटक खबरदारी पनि गर्दै आएको थियो ।

तर, यसैबीचमा उनी लुम्बिनी विकास कोषमा उपस्थित भएर कार्यभार सम्हालेकी थिइन् ।

यसै सन्दर्भमा उक्त नियुक्तिको कानुनी वैधता परीक्षण तथा विधिको शासन र कानुनी प्रक्रियाको सुनिश्चितता गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?