८ मंसिर, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग मंगलबार छलफल गर्दैछन्।
एनपीएललाई भविष्यमा ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने योजनाअनुसार आवश्यक पूर्वाधार, घरेलु मैदान र लगानीका विषयमा छलफल गर्न उनीहरूलाई बोलाइएको हो।
सिंहदरबारस्थित मन्त्रालयमा हुने छलफलमा फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिबाट घरेलु मैदानका लागि आवश्यक पूर्वाधार, अहिलेको अवस्था र अपेक्षाबारे जानकारी लिइनेछ।
त्यसका आधारमा रंगशाला निर्माण तथा स्तरोन्नति र लिज प्रक्रियालाई कसरी अघि बढाउने भन्ने विषयमा थप गृहकार्य हुने अपेक्षा गरिएको छ।
यसअघि सोमबार मन्त्री पोखरेलको अध्यक्षतामा खेलकुद पूर्वाधार विकास, रंगशाला निर्माण तथा स्तरोन्नति र ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने विषयमा उच्चस्तरीय छलफल भएको थियो। उक्त बैठकमा रंगशाला निर्माणको लगानी मोडेल, लिज प्रक्रिया र प्राविधिक मापदण्डबारे छलफल भएको थियो।
बैठकमा सरकारले सीमित बजेटबाट मैदान सम्याउनेजस्ता आधारभूत पूर्वाधार तयार गरी सर्तसहित लिजमा दिने वा निजी क्षेत्रलाई जग्गा लिजमा दिएर निर्माणको जिम्मेवारी दिने विकल्पमाथि विमर्श भएको थियो। सरकार र निजी क्षेत्रको साझेदारीबाट खेलकुद पूर्वाधार विकासलाई गति दिन सकिने मन्त्री पोखरेलको भनाइ थियो।
सोमबारको छलफलमा एनपीएलको छैटौँ संस्करणसम्म ‘होम एन्ड अवे’ ढाँचामा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यको व्यावहारिक तथा प्राविधिक पक्षबारे पनि समीक्षा गरिएको थियो। क्रिकेटमा रिभ्यु प्रणालीलगायतका प्रविधि जडान र सञ्चालन खर्च महँगो हुने भएकाले आठवटै मैदानमा एकैपटक पूर्ण प्रविधि विस्तार गर्न चुनौतीपूर्ण रहेको निष्कर्ष निकालिएको थियो। ठूला सहरबाट क्रमशः पूर्वाधार र प्रविधि विस्तार गर्न सकिने विषयमा भने छलफल भएको थियो।
एनपीएलका तीनवटै संस्करण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना भएका छन्। तेस्रो संस्करण सम्पन्न भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले छैटौं संस्करणदेखि आठवटै टोलीको आफ्नै घरेलु मैदान हुने र फ्लडलाइटमा समेत खेल सञ्चालन गर्न सकिने गरी पूर्वाधार निर्माण गर्ने घोषणा गरेका थिए।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मंगलबार नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग छलफल गर्दैछन् ।
भविष्यमा एनपीएललाई ‘होम एण्ड अवे’ ढाँचामा सञ्चालन गर्ने तथा त्यसका लागि आवश्यक खेलकुद पूर्वाधार निर्माण र स्तरोन्नति गर्ने विषयमा केन्द्रित रहेर मन्त्री पोखरेलले मंगलबार सिंहदरबारमै फ्रेन्चाइज टोलीका सञ्चालकहरूसँग छलफल गर्न लागेको स्रोतले जनाएको छ ।
शनिबार एनपीएलको तेस्रो संस्करण सम्पन्न भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले छैटौं संस्करणदेखि आठवटै टोलीको आफ्नै घरेलु मैदान हुने र फ्लडलाइटमा समेत खेल सञ्चालन गर्न सकिने गरी पूर्वाधार निर्माण गर्ने घोषणा गरेका थिए ।
यसै विषयमा सोमबार पनि मन्त्री पोखरेलको अध्यक्षतामा खेलकुद पूर्वाधार विकास, रंगशाला निर्माण तथा स्तरोन्नति र ‘होम एण्ड अवे’ प्रणालीमा खेल सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।
उक्त बैठकमा नेपालमा खेलकुद लिगहरूलाई होम एण्ड अवे ढाँचामा सञ्चालन गर्ने विषयमा आवश्यक गृहकार्य अघि बढाउनेबारे छलफल भएको थियो ।
बैठकमा रंगशाला निर्माणको लगानी मोडेल, लिज प्रक्रिया तथा प्राविधिक मापदण्डका विविध पक्षमाथि छलफल भएको थियो । मन्त्री पोखरेलले सरकार र निजी क्षेत्रको साझेदारीबाटै खेलकुद पूर्वाधार विकासलाई गति दिन सकिने बताएका थिए।
सोही क्रममा मन्त्री पोखरेलले यही साताभित्रै एनपीएलका सम्बन्धित फ्रेन्चाइज टोलीका सञ्चालकहरूसँग बसेर उनीहरूको आधारभूत आवश्यकता बुझ्ने र लिज सम्झौताको प्रक्रिया अघि बढाउने बताएका थिए ।
सोमबारको बैठकमा एनपीएलको छैटौं संस्करणसम्म ‘होम एण्ड अवे’ ढाँचामा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यको व्यावहारिक तथा प्राविधिक पक्षबारे समेत समीक्षा गरिएको थियो ।
एनपीएलका तीनवटै संस्करण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न भएका छन् । लगातार तीन संस्करण एउटै मैदानमा आयोजना भएपछि अब प्रतियोगितालाई मल्टी भेन्यु हुँदै होम एण्ड अवे ढाँचामा सञ्चालन गर्नुपर्ने बहस सुरु भएको छ ।
फुटबलको तुलनामा क्रिकेटमा रिभ्यु प्रणालीलगायतका प्रविधि जडान र सञ्चालन खर्च महँगो हुने भएकाले आठवटै मैदानमा एकैपटक पूर्ण प्रविधि जडान गर्नु चुनौतीपूर्ण रहेको निष्कर्ष सोमबारको बैठकले निकालेको थियो । यद्यपि, ठूला सहरहरूबाट क्रमशः पूर्वाधार तथा प्रविधि विस्तार गर्दै लैजान सकिने विषयमा छलफल भएको थियो ।
फ्रेन्चाइज टोलीका सञ्चालकहरूसँगको छलफलपछि घरेलु मैदानको आवश्यकता, पूर्वाधारको अवस्था, लगानी र लिज प्रक्रियाबारे थप स्पष्ट खाका तयार हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4