+
+
Shares

राजनीति सत्ता केन्द्रित हुँदा जेनजी आन्दोलन भयो : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति सत्ता केन्द्रित हुँदा गत वर्ष भदौमा जेनजी आन्दोलन भएको बताएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते १५:२०

८ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति सत्ता केन्द्रित हुँदा गत वर्ष भदौमा जेनजी आन्दोलन भएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले २०७२ सालपछि मुलुकको राजनीति पूर्णतया सत्ता केन्द्रित भएकै कारणले गत वर्ष भदौ २३ र २४ गतेको घटना भएको बताएका हुन्।

उनले पछिल्लो १० वर्ष सरकारले जनतालाई दिनुपर्ने सेवा दिन नसकेको पनि बताए। उनले जनसाङ्ख्यिक परिवर्तन, बसोबास र अर्थतन्त्रमा आएको बदलाव तथा विश्वमा आएको नयाँ माध्यमको आगमनको सन्दर्भ उल्लेख गर्दै सोहीअनुसार १० वर्षमा डेलिभरी गर्नुपर्ने ठाउँमा चुकिएको बताएका हुन्।

‘भदौ २३ मा भएको दमन र २४ गते भएको आपराधिक घटना हुन् भनेर हामीले महाधिवेशनबाट भनेका छौँ। भदौ २३ र २४ गते भएको घटनालाई अन्डरमाइण्ड गर्न हुन्न भन्ने निष्कर्ष निकालेका छौँ। छानबिन गर्नुपुर्छ’ थापाले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?