+
+
Shares

प्रधानमन्त्रीको भारत भ्रमणबाट मोरङ उद्योग व्यापार संघ उत्साहित

संघका अध्यक्ष अनिलकुमार साहले प्रधानमन्त्री शाहको भारत भ्रमणबाट दुई देशबीच देखिएको असन्तुष्टि र असमझदारी अन्त्यको काम गरेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते १८:०१

८ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबाट मोरङ उद्योग व्यापार संघले उत्साह प्रकट गरेको छ ।

मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष अनिलकुमार साहले प्रधानमन्त्री शाहको भारत भ्रमणबाट दुई देशबीच देखिएको असन्तुष्टि र असमझदारी अन्त्यको काम गरेको बताएका छन् ।

मुख्य रूपमा भारतबाट हुने आर्थिक सहयोग, गुजरातको काँडला बन्दरगाह र ओडिसाको पारादीप बन्दरगाह उपयोगका कुरा र झापा सिलिगुडी पाइपलाइन शिलान्यासले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने अध्यक्ष साहले बताए ।

उनले प्रधानमन्त्रीको भारत भ्रमणबाट आफुहरू उत्साहित भएपनि जुट निर्यातमा एन्टीडम्पिङ ड्युटी र बीआईएस नवीकरणबारे छलफल नहुनु दुखद् भएको बताए ।

प्रधानमन्त्री शाहको भारत भ्रमणमा क्रिकेट खेलको विकास र विस्तारका साथै पूर्वाधार निर्माणमा  भारतको सहयोगले पूर्वी क्षेत्रमा खेल पर्यटनलाई निकै सहयोग पुग्ने उद्योगी व्यवसायीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?