+
+
Shares

यूएईमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

संयुक्त अरब इमिरेट्स (यूएई) को रस अल खैमाह इमिरेटमा यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते १८:०८

८ मङ्सिर, अबुधाबी (रासस/सिन्ह्वा) । संयुक्त अरब इमिरेट्स (यूएई) को रस अल खैमाह इमिरेटमा यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ।

यूएईको आन्तरिक मामिला मन्त्रालयका अनुसार मंगलबार भएको दुर्घटनापछि उद्धार तथा राहतका लागि आपत्कालीन टोली तत्काल घटनास्थलमा परिचालन गरिएको थियो। उद्धार कार्यमा एम्बुलेन्स सेवा, नागरिक सुरक्षा विभाग (सिभिल डिफेन्स) लगायत सम्बन्धित निकायका टोली खटिएका थिए।

दुर्घटनाको कारण र घटनाको वास्तविक परिस्थिति पत्ता लगाउन अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ।

यसअघि नोभेम्बर १२ मा यूएईकै फुजैराह इमिरेटमा भएको अर्को भीषण सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए।

लगातार भएका सडक दुर्घटनाले यूएईमा सडक सुरक्षाबारे चिन्ता बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?