+

कप्तान सन्दीपले भने- बलिङ राम्रो भएपनि ब्याटिङमा चुक्यौं

२०८३ मंसिर  ८ गते २१:०१ २०८३ मंसिर ८ गते २१:०१

८ मंसिर, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले राइजिङ स्टार्स एसिया कपमा ब्याटिङ कमजोर हुँदा टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको बताएका छन्।

पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि सन्दीपले ब्याटिङ नै हारको मुख्य कारण रहेको बताए।

‘तीनै खेलमा बलरहरूले राम्रो गरेका छन्। यो युवा टोली थियो र खेलाडीहरूले आवश्यक प्रयास गरे। आज रासिदले पनि निकै राम्रो गरे। सबैले आ–आफ्नो भूमिका निर्वाह गरे। तर हाम्रो चिन्ता ब्याटिङमा हो,’ सन्दीपले भने।

उनले टोलीका धेरै खेलाडीले पहिलो पटक नेपालको प्रतिनिधित्व गरेको उल्लेख गर्दै उनीहरूलाई अनुभवसँगै सुधार गर्ने अवसर मिल्ने विश्वास व्यक्त गरे।

‘हामी ब्याटिङमा कमजोर देखियौं। यो युवा टोली हो र धेरै खेलाडीले पहिलो पटक नेपालको प्रतिनिधित्व गरेका थिए। उनीहरूको समय पनि आउनेछ। कहाँ सुधार गर्नुपर्छ भन्ने उनीहरूलाई थाहा भएको छ। समयसँगै उनीहरू चम्किनेछन्,’ उनले भने।

मंगलबार पाकिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै अलआउट भएको थियो। नेपालले प्रतियोगिताको पहिलो खेलमा भारत एसँग ३०६ रनको फराकिलो हार बेहोरेको थियो भने दोस्रो खेलमा यूएईलाई पराजित गरेको थियो।

समूह चरणका तीन खेलमा एक जित र दुई हार बेहोरेको नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कप सन्दीप लामिछाने

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय