+
+
Shares

एमाले महासचिव भन्छन्- स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ

स्थानीय तहको कार्यकाल आगामी वर्ष जेठ ५ गते समाप्त हुने भएकाले वैशाखभित्रै निर्वाचन गरिसक्नुपर्ने एमालेको स्पष्ट मान्यता रहेको उनले बताए ।

रासस रासस
२०८३ मंसिर ८ गते २१:३६

८ मंसिर, दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुने बताएका छन् । यसका लागि उनले तोकिएकै समय निर्वाचन हुनुपर्ने बताएका हुन् ।

प्रेस चौतारी नेपाल दाङ शाखाले मंगलबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले दुवै तहका निर्वाचन एकैपटक गर्न नहुने बताए ।

स्थानीय तहको कार्यकाल आगामी वर्ष जेठ ५ गते समाप्त हुने भएकाले वैशाखभित्रै निर्वाचन गरिसक्नुपर्ने एमालेको स्पष्ट मान्यता रहेको उनले बताए ।

प्रदेशको निर्वाचन आगामी मङ्सीरमा हुने स्थितिमा ६ महिनासम्म स्थानीय तहलाई जनप्रतिनिधिविहीन राख्ने कुरा स्वीकार्य हुन नसक्ने र यसले राष्ट्रियसभा तथा राष्ट्रपतिको निर्वाचनसमेत प्रभावित हुने महासचिव पोखरेलले उल्लेख गरे ।

उनले वर्तमान संविधान जनअधिकारका दृष्टिले समृद्ध रहेकाले यसका आधारभूत जगलाई खलबल्याएर वा अधिकार कटौती गरेर नभई सुदृढीकरणका लागि मात्र आवश्यक संशोधन गर्न सकिने प्रष्ट पारे ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?