+
+
Shares

सात दिनभित्र हाजिर हुन १४ प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते ९:०१

१० मंसिर, काठमाडौं । लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेका १४ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत कानून तथा मानव अधिकार महाशाखा (कानुन शाखा) ले सूचना प्रकाशित गर्दै गैरहाजिर प्रहरी कर्मचारीलाई बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर हुनुको कारणसहित उपस्थित हुन निर्देशन दिएको हो ।

सूचनामा काठमाडौं, तनहुँ, पर्सा, महराजगञ्ज, जाजरकोट, इलाम, पाल्पा, मकवानपुर, इन्द्रदेही, सुर्खेत, कञ्चनपुर, रामेछाप र तनहुँलगायतका स्थानमा कार्यरत वा दरबन्दी रहेका प्रहरी कर्मचारीहरूको विवरण समावेश छ ।

सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र गैरहाजिर हुनुको कारणसहित कार्यालयमा उपस्थित नभए कारबाही हुने चेतावनी दिइएको छ ।

हेर्नुहोस् गैरहाजिर भएकाहरुको नामावलीसहितको विवरण:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?