+

मुम्बई इन्डियन्सको कप्तानमा रोहित शर्मा नियुक्त

२०८३ मंसिर  ११ गते १८:०१ २०८३ मंसिर ११ गते १८:०१

११ मंसिर, काठमाठौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को सर्वाधिक सफलमध्येको एक टोली मुम्बई इन्डियन्सले रोहित शर्मालाई कप्तान नियुक्त गरेको छ ।

मुम्बईले आईपीएल २०२७ अघि रोहितलाई फेरि कप्तानको जिम्मेवारी दिएको हो । यसअघि कप्तान रहेका हार्दिक पान्ड्या ट्रेडमार्फत् पन्जाब किङ्स पुगेपछि कप्तानको पद खाली भएको थियो ।

कप्तानीका लागि सूर्यकुमार यादव, जसप्रित बुमराह लगायतको नाम चर्चामा रहेपनि मुम्बईले पाँचपटक उपाधि जिताएका कप्तान रोहित शर्मालाई नै फेरि जिम्मेवारीमा फर्काउने निर्णय गरेको हो ।

यसअघि रोहितले सन् २०१३ देखि मुम्बईको कप्तानी गरेका थिए र सोही संस्करणमा उपाधि दिलाएका थिए । त्यसपछि मुम्बईले सन् २०१५, २०१७, २०१९ र २०२० मा पनि उपाधि जितेको थियो ।

त्यसयता भने मुम्बईले उपाधि जित्न सकेको छैन । रोहितले खेलाडीका रूपमा भने ६ आईपीएल जितेका छन् । सन् २००९ मा डेक्कन चार्जर्सले उपाधि जित्दा रोहित सोही टिममा थिए ।

आईपीएलको मिनी अक्सन डिसेम्बर १६ मा भारतको गोवामा हुँदै छ ।

आईपीएल २०२७ मुम्बई इन्डियन्स रोहित शर्मा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय