+
१०औं राष्ट्रिय खेलकुद :

महिला बास्केटबलमा तीन विभागीय टोली र सुदूरपश्चिम सेमिफाइनलमा

२०८३ मंसिर  ११ गते १६:५६ २०८३ मंसिर ११ गते १६:५६

११ मंसिर, काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद २०८३ अन्तर्गत महिला बास्केटबल फुलकोर्टमा तीन विभागीय टोली एपीएफ, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँगै सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सुर्खेत रंगशाला हातामा रहेको बास्केटबल कवर्टमा शुक्रबार भएको क्वाटरफाइनलमा एपीएफले गण्डकीलाई ७९-१२ ले हरायो । एपीएफले चारै क्वाटरमा अग्रता लिने क्रममा १५-६, १६-४, १५-०, ३३-२ को प्रदर्शन गरेको थियो ।

एपीएफकी रिन्छेन मोक्तानले सर्वाधिक १४ अंक स्कोर गरिन् ।

यस्तै सुदूरपश्चिमले लुम्बिनीलाई ३९-१६ ले पराजित गर्दै सेमिफाइनल पुगेको हो । सुदूरपश्चिमले सुरुको दुई क्वाटर १४-० र ९-० ले आप्नो पक्षमा पारेको थियो ।

तेस्रो क्वाटर पनि ९-६ ले आफ्नो पक्षमा पारेको सुदूरपश्चिम चौथो क्वाटरमा भने १०-७ ले पछि परेको थियो ।

सुदूरपश्चिमकी अनिशा आले मगरले १० अंक जोडिन् ।

अर्को क्वाटरफाइनलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ५५-४० ले हरायो । पुलिसका लागि दिभा महर्जनले १६ अंक स्कोर गरिन् ।

पुलिसले १३-१३, २४-१४, ६-७, १२-६ को प्रदर्शन गरेको थियो ।

चौथो क्वाटरफाइनलमा आर्मीले बागमती प्रदेशलाई ६७-२० ले पराजित गर्‍यो । आर्मीले २२-४, १४-५, १६-०, १५-११ को प्रदर्शन गरेको थियो । आर्मीका लागि समिक्षा बुढाथोकीले ११ अंक जोडिन् ।

सेमिफाइनलमा आर्मीको भेट पुलिससँग हुनेछ भने सुदूरपश्चिमले एपीएफको सामना गर्ने छ ।

१०औँ राष्ट्रिय खेलकुद महिला बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय