+
+
Shares

गौतमबुद्ध क्रिकेट रंगशालामा फ्लडलाइट र प्यारापिटको लागत तयार पारेर पठाउन मन्त्रीको निर्देशन

मन्त्री लम्सालले उनले आगामी सिजनको नेपाल प्रिमियर लिग(एनपीएल) चितवनका गर्न सक्नेगरी तयारी अगाडि बढाउनुपर्ने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १२ गते १४:३७

१२ मंसिर, चितवन । भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइट र प्यारापिटको लागत इस्टिमेट तयार गरेर पठाउन निर्देशन दिएका छन् ।

रामपुरमा निर्माणाधीन रंगशालाको निरीक्षणपछि मन्त्री लम्सालले तीन महिनाभित्र लागत इस्टिमेट तयार गरेर मन्त्रालयमा पठाउन निर्देशन दिएका हुन् । त्यसका लागि मन्त्रालयले आवश्यक बजेट विनियोजन गर्ने बताए ।

मन्त्री लम्सालले उनले आगामी सिजनको नेपाल प्रिमियर लिग(एनपीएल) चितवनका गर्न सक्नेगरी तयारी अगाडि बढाउनुपर्ने बताए । रंगशालाको प्यारापिट, मैदान र दुईवटा भीआइपी टावर बनाउने काम जारी छ ।

रङ्गशालाको पहिलो चरणको कामका लागि भरतपुर महानगरपालिकाले २०८१ साल असार २४ गते हिमालयन जेभीलाई ठेक्का दिएको थियो ।

३० महिनाको समय दिएर भएको ठेक्का सम्झौताको मिति यही पुस २७ गते सकिँदै छ । काम जम्मा ६८ प्रतिशत मात्रै भएको छ । ठेकेदारले म्याद थप माग्ने तयारी गरेको छ ।

सुरुमा ७८ करोड ५० लाख ९१ हजारमा ठेक्का लिएको कम्पनीले भेरिएशन गराएर लागत रकम  ८६ करोड २४ लाख ८४ हजार पुगेको छ ।

विसं २०७५ माघ १६ गते धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भई प्रारम्भिक काम २०७६ मङ्सिरदेखि सुरु भएको थियो ।

फाउन्डेसनले आर्थिक स्रोत जुटाउन नसकेपछि २०७८ सालबाट निर्माण रोकिएको थियो । फाउनडेशनले महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेपछि  टेण्डर मार्फत काम अगाडि बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?