+
+
Shares

गाजामा भोकमरीको अवस्था अझै गम्भीर, ६७ प्रतिशत जनसंख्या संकटमा

प्रतिवेदनले इजरायलको कब्जामा रहेको पश्चिम किनारमा पनि खाद्य असुरक्षा थप बढ्न सक्ने चेतावनी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १२ गते १६:००

संयुक्त राष्ट्रसंघका खाद्यसम्बन्धी निकायहरूले गाजामा भोकमरीको अवस्था अझै गम्भीर रहेको बताएका छन् ।

यद्यपि, गत वर्ष अक्टोबरमा भएको युद्धविरामपछि मानवीय सहायता उपलब्ध गराउने क्षेत्रमा केही सुधार देखिएकाले प्यालेस्टिनी क्षेत्रलाई भोकमरीको जोखिमसम्बन्धी प्रतिवेदनमा एक तह तल झारिएको छ ।

एसोसिएटेड प्रेस (एपी) का अनुसार संयुक्त राष्ट्रसंघका खाद्य निकायहरूले आफ्नो पछिल्लो प्रतिवेदनमा गाजामा मानवीय सहायताका क्षेत्रमा भएका सुधारलाई ‘नाजुक उपलब्धि’ भनेका छन् ।

तर, गाजाको ६७ प्रतिशत जनसंख्या अझै पनि भोकमरीको संकटपूर्ण वा त्योभन्दा खराब अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ । त्यहाँ मानवीय आवश्यकताहरू निरन्तर उच्च रहेको पनि जनाइएको छ ।

प्रतिवेदनले इजरायलको कब्जामा रहेको पश्चिम किनारमा पनि खाद्य असुरक्षा थप बढ्न सक्ने चेतावनी दिएको छ ।

बढ्दो हिंसा, आर्थिक अवस्था कमजोर हुँदै जानु र मानवीय सहायता घट्दै जानुले पश्चिम किनारमा खाद्य संकट थप गहिरिने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । साथै, इजरायली सेनाको समर्थनमा बसोबास गरिरहेका इजरायलीहरूले प्यालेस्टिनीमाथि गरिरहेको हिंसात्मक आक्रमणले पनि अवस्था थप जटिल बनाएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?