१२ मंसिर, चितवन । तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्डमा विद्यालय भ्रमणमा गएका एक विद्यार्थी पिसाब फेर्न जाँदा भिरबाट खसेर वेपत्ता भएका छन् ।
शनिबार साँझ करिब ६:१० मिनेटको समयमा आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वी राजमार्गको छेउबाट भीरबाट खसेर भरतपुर महानगरपालिका–६ चोकबजारका १५ वर्षका अंकित गुरुङ वेपत्ता भएका हुन् ।
गुरुङ पारिजात माध्यमिक विद्यालय, भरतपुरमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी रहेको तनहुँ प्रहरीले जनाएको छ ।
विद्यालयको भ्रमण सकेर पोखराबाट चितवन फर्किँदै गरेको ना ४ ख ५२८५ नम्बरको बसमा सवार उनी बाटोमा पिसाब फेर्न जाने क्रममा भिरबाट करिब ५०/६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले वेपत्ता विद्यार्थीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4