१२ मंसिर, हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ गोठभित्तामा श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।
मकवानपुर प्रहरीका अनुसार शुक्रबार राति स्थानीय ४० वर्षीय रमेश पाख्रिनले मादक पदार्थ सेवन गरी ३५ वर्षीया श्रीमती रुकु पाख्रिनलाई कुटपिट गरेका थिए ।
कुटपिटबाट अचेत भएकी रुकु घरभित्रै रहेको सुत्ने कोठामा मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।
प्रहरीले घटनास्थल सुरक्षित राख्दै रमेशलाई नियन्त्रणमा लिएको थियो ।
मृतकको शव परीक्षणका लागि पाटन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4