१३ मंसिर, काठमाडौं । यामाहा नेपालले नयाँ स्कुटर फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक गरेको छ । एमएडब्लू राइड्स प्रालिअन्तर्गतको यामाहाले शुक्रबार काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा विशेष कार्यक्रम आयोजना गरी स्कुटर सार्वजनिक गरेको हो ।
स्कुटर सार्वजनिक गर्न आर्ट ग्यालरीलाई आकर्षक प्रदर्शनीस्थलका रूपमा सजाइएको थियो । कार्यक्रममा फरक–फरक व्यक्तित्व र शैली झल्काउने गरी सजाइएका फ्यासिनो हाइब्रिडका ६ वटा स्कुटर प्रदर्शनीमा राखिएका थिए ।
प्रत्येक स्कुटरको सजावट र त्यस वरपरको वातावरणमार्फत फरक भाव तथा शैली प्रस्तुत गरिएको थियो । आगन्तुकहरूले प्रदर्शनी अवलोकन गर्दै स्कुटरका विशेषताबारे जानकारी लिएका थिए । कार्यक्रममा काठमाडौंमा सक्रिय डिजिटल कन्टेन्ट क्रिएटरहरूको समेत सहभागिता थियो । उनीहरूले शैली, व्यक्तित्व र व्यक्तिगत अभिव्यक्तिबारे आफ्ना विचार प्रस्तुत गरेका थिए ।
फ्यासिनो १२५ एफआई हाइब्रिडमा १२५ सीसीको फ्युल इन्जेक्सनयुक्त इन्जिन र यामाहाको स्मार्ट मोटर जेनेरेटर ९एसएमजी० प्रविधि रहेको कम्पनीले जनाएको छ । उक्त प्रविधिले इन्जिनलाई कम आवाजमा स्टार्ट गर्न सहयोग गर्नुका साथै स्कुटर रोकिएको अवस्थाबाट अघि बढ्दा अतिरिक्त शक्ति प्रदान गर्छ । यसले इन्धन खपत कम गरी माइलेज बढाउन सहयोग गर्ने कम्पनीको दाबी छ ।
केवल ९८ किलोग्राम तौल रहेको स्कुटरमा आरामदायी सिट र साइड स्ट्यान्डमा इन्जिन बन्द हुने स्विचजस्ता सुविधा छन् । हलुका बनावटका कारण दैनिक आवागमनमा स्कुटर चलाउन सहज हुने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार फ्यासिनो हाइब्रिडमा आकर्षक डिजाइन र आधुनिक प्रविधिको संयोजन गरिएको छ । स्कुटरलाई केवल आवागमनको साधनका रूपमा नभई चालकको व्यक्तित्व र मौलिक शैली झल्काउने माध्यमका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।
स्कुटर सार्वजनिक कार्यक्रममा एमएडब्लू राइड्सका अध्यक्ष विष्णु कुमार अग्रवालले हरेक चालकको आफ्नै व्यक्तित्व र मौलिक शैली हुने बताए । फ्यासिनो हाइब्रिड आफ्नो छुट्टै पहिचान बनाउन र सवारीमार्फत मौलिकता झल्काउन चाहने ग्राहकलाई लक्षित गरी ल्याइएको उनको भनाइ थियो ।
उनले ग्राहकले आफूलाई सुहाउँदो व्यक्तित्व पहिचान गर्दै स्कुटरलाई एउटा उत्पादनभन्दा पनि आफ्नो व्यक्तित्वको हिस्साका रूपमा अनुभव गर्न सकून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
फ्यासिनो १२५ एफआई हाइब्रिड नेपालभरका यामाहा शोरुम तथा डिलरमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीले फ्यासिनो ड्रमको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ, फ्यासिनो डिस्कको ३ लाख २९ हजार ९०० रुपैयाँ र फ्यासिनो एसको ३ लाख ५९ हजार ९०० रुपैयाँ तोकेको छ। ग्राहकले नजिकैको यामाहा शोरुममा गएर स्कुटर अवलोकन तथा थप जानकारी लिन सक्नेछन् ।
प्रतिक्रिया 4