+
+

चिनियाँ सहकार्यमा जीपी फाउन्डेसनको कला प्रदर्शनी

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ३० गते १५:३२

३० कात्तिक, काठमाडौं । जी.पी. कोइराला फाउण्डेशनले नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र चिनियाँ संस्थासँग मिलेर राजधानीमा कला प्रदर्शनी सुरु गरेको छ ।

‘इन्टरनेशनल इकोलोजिकल सेफ्टी कोलाबोरेसन अर्गनाइजेसन’ सँगको सहकार्यमा आयोजित प्रदर्शनीको उदघाटनमा उपराष्ट्रपति परमानन्द झा र चिनियाँ राजदूत ऊ चुन्ताइ लगायतले आतिथ्य जनाएका छन् ।

कार्यक्रममा बोल्दै उपराष्ट्रपति परमानन्द झाले कला प्रदर्शनीबाट प्राकृतिक विपतलाई रोक्न सकिने बताए । उपराष्ट्रति झाले कला प्रदर्शनीबाट बाढी पहिरो भूक्षय भूकम्प जलवायू परिवर्तन, वातावरण विनास र ओजन तहमा परेको प्रभाव जस्ता प्रकृतिक विपत व्यवस्थापन गर्न ठोस योगदान पुग्ने दाबी गरे ।

उपराष्ट्रपति झाले नेपाल र चीनको दैत्य सम्बन्ध कायम भएको ६० बर्ष पुगे पनि कलाकारिताको क्षेत्रबाट हाम्रो सम्बन्ध धेरै पुरानो रहेको बताए । झाले त्यसको प्रमाण अरनिकोले निर्माण गरेको स्तुपा आज पनि चीनमा रहेको कुराले प्रष्ट पार्ने उल्लेख गरे ।

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले कला प्रदर्शनीले दुई देशवीचको कुटनीतिक सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?