+
+

रुकुममा दुईको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ३० गते १६:४९

३० कात्तिक, रुकुम । रुकुमको दुई छुट्टछुट्टै स्थानमा भएको घटनामा दुई जनाको हत्या भएको छ । रुकुमको स्यालापाखा गाविसमा लागेको नाथिघार मेलामा मेला भर्न आउनेको कुटपिटबाट स्यालापाखाका-९, का ३५ वर्षीय गुन्जवहादुर दमाईको मृत्युभएको हो ।

कुटपीटबाट घाइते दमाईको साथीहरुबाटै कुटपिटमा परेका दमाईको उपचारका लागि सल्ले अस्पताल लैजादै गर्दा वाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।

दमाई मेलावाट घर र्फकने क्रममा चार जनाको समुहले कुटपिट गर्दा मृत्युभएको प्रहरी निरिक्षक होमवहादुर थापाले जानकारी दिए । घटनामा संलग्नहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै रुकुमकै घेत्मा गाबिसमा एक वृद्धाको खुकुरी प्रहारबाट हत्या भएको छ । घेत्मा ५ बस्ने ४३ बर्षीय देवे कामीले मितआमा नाता पर्ने ६५ वर्षीया कुमारी पुनको हत्या गरेका हुन् ।

कामीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घटनाको कारण खुल्न सकेको छैन । रुकुममा कात्तिक महिनामा मात्रै चार जनाको हत्या भएको छ भने दर्जनौं कुटपटिका घटनाहरु भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?